काठमाडौँबाट आरुघाट जाँदै गरेको बस दुर्घटना, पाँच जना घाइते

गोरखा, १ पुस।

भीमसेन थापा गाउँपालिका-३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट आरुघाटको सोतीतर्फ जाँदै गरेको ग१ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान साढे ४ बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

बस सडकबाट करिब २० मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनामा धार्चे गाउँपालिका ६ का वर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका-३ का २९ वर्षका उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, वर्ष २९ का उज्ज्वल पुडासैनी र धार्चे गाउँपालिका केरौजाकी ३२ वर्षीया कान्छी गुरुङ गम्भीर घाइते भएका छन् ।

घाइते सबैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाइ छ । बसमा ३५ जना यात्रु सवार थिए । गम्भीर घाइतेमध्ये तीन जनालाई उपचारका लागि काठमाडौँ पठाइको छ भने दुई जनालाई गोरखा अस्पताल ल्याइएको छ । बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close