तनहूँमा दुर्घटना, पोखराका विशाल र सीमा घाइते

पोखरा, १५ पुस ।

तनहूँमा सवारी दुर्घट्ना हुँदा पोखराका दुई जना घाइते भएका छन् । साथै तनहुँका एक जनासमेत सो दुर्घटनामा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. १४ का २२ वर्षका विशाल श्रेष्ठ र २० वर्षकी सीमा भुजेल रहेका छन् । उनीहरुको पोखरास्थित मेट्रसिटी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै दुर्घटनामा तनहूँ व्यास १३ का ५० वर्षका भीमनीधि पन्त सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

बुधबार दिउसो १२ बजे तनहूँको देउरालीस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना४ख ५७११ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको ग१८प ५८९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

टिपरले ठक्कर दिएको मोटरसाईकल उछिट्टिएर ग१८प ४०१४ नम्बरको मोटरसाईकलमा ठोक्किन पुग्दा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close