पोखरामा कारको ठक्करबाट एक घाइते

पोखरा, १९ पुस ।

पोखरामा कारको ठक्करबाट एक जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नं. ८ स्थित जिरो किमी नजिकै ग१६प ४५३ नं. को मोटरसाइकललाई नम्बर नखुलेको कारले ठक्कर दिएको थियो ।

दुर्घटनामा गोरखाको गण्डकी गाउँपालिका वडा नं. ४ का २९ वर्षका सन्तोष बराम घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घाइते बरामको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close