पूर्वमन्त्री साह सवार गाडी दुर्घटना, पाँच जना घाइते

बर्दिया, २०, पुस ।

बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको पूर्वराज्यमन्त्री विनोदकुमार साह सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

पूर्वजलस्रोत राज्यमन्त्री साह सवार बा २१ च ४७४६ नम्बरको गाडी सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका-१, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका(२ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

चालक भण्डारीको कोहलपुर मेडिकल कलेजमा र पूर्वराज्यमन्त्री साहसहित अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close