मदिराले लठ्ठ भएर गाडी चलाउँदा…

मोरङ, २३ पुस ।

विराटनगरको बरगाछी चोक नजिकै बस दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । विराटनगर बसपार्कको पार्किङमा राखेको को१ख ५२४१ नम्बरको सेल्फी डिलक्स बस मादक पदार्थ सेवन गरी लापरवाहीपूर्ण तरिकाले चलाउने क्रममा विराटनगर महानगरपालिका-३ बरगाछीमा गम्भीर दुर्घटना भएको हो ।

आफैले चलाएको बस दुर्घटना हुँदा सुनसरीको कोसी गाउँपालिका-७, भण्टाबारीका २४ वर्षीय रक्कु भनिने राकेश कार्की गम्भीर घाइते भएका छन् । घाइते कार्कीको विराट नर्सिङ होममा उपचार भई रहेको जिल्ला प्रहरी कायार्लय मोरङले जनाएको छ ।

दुर्घटनामा सोही स्थानमा रहेको बिजुलीको पोल भाँचिनुका साथै एसबिआई बैकको एटिएम सटर, सोही स्थानमा रहेको न्यू युनिक होटल साथै उक्त स्थानमा रहेको सिसिटिभीको केवल र पावर केवलमा पनि क्षती हुँदा मानगरपालिकाले जडान गरेको सिसिटिभीसमेत अवरूद्ध भएको कायार्लयले जनाएको छ ।

कार्यालयका अनुसार ना ५ख ३५०३ नम्बर गाडीको सहचालक रहेका कार्कीले साँझ पार्किङ गरेर बस पार्कमा राखेपछि चालक सिरहाको लहान-१५ का ३२ वर्षीय सूर्यनारायण चौधरी सुत्न गएका बेला बस आफूखुसी लिएर गएका थिए ।

दुर्घटनाको एक घण्टा अगाडि कार्कीले उक्त बसका सहचालक धनकुटाको सहिद भूमि गाउँपालिका–१ का १९ वर्षीय महेश दुलालसँग बसेर होटलमा मदिरा सेवन गरेका थिए ।

मदिराले लठ्ठ भएका कार्कीले बसपार्कबाट उत्तरतर्फ लाग्दै गर्दा करिब एक किलोमिटर उत्तरमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close