पोखराको अर्चलबोटमा दुर्घटना, एक जना गम्भीर घाइते

पोखरा, २४ पुस ।
पोखरामा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोटमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइते हुनेमा पोखरा १७ का ५९ वर्षीय ऋषिराम बराल रहेका छन् । ग१ज ५२८६ नं. को ट्याक्सीले ग१३प २४१५ नं. को मोटरसाइकललाई ठक्कर दिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।