हेमजामा स्कूटर दुर्घटना, धादिङका बानिया घाइते

पोखरा, १ माघ ।

पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा स्कूटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

हेमजास्थित सापकोटा चोकमा मिलनचोकबाट पोखरातर्फ आउँदै गरेको ग५प ३०७६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा स्कुटरमा पछाडि सवार जिल्ला धादिङ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका २५ हेम्जास्थित मिलनचोक बस्ने वर्ष ५३ का कृष्ण बहादुर बानिया घाईते भएका छन् ।

उनको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close