समाचार

माघ ११, २०७७ आइतबार

पोखरा, ११ माघ ।

बागलुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आज बिहान १० बजे बाग्लुङ नगरपालिका वडा नं. ५ स्थित मालिकामा जीप दुर्घटना भएको हो ।

म्याग्दीको बेनी बजारबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१ज ६७४४ न.को जीप दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

जीप सडकबाट करिब १० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार थिङले बताए ।

दुर्घटनामा बेनी नगरपालिका वडा नं. २ गौस्वराकी वर्ष ३० की टिकाकुमारी रिजाल, वर्ष  ५५ की गंगा रिजाल, वर्ष ४० की कमला कुमारी रिजाल, वर्ष १६ की कुशुम रिजाल, बर्ष ४४ की भवानी खत्री खड्का रहेका छन् ।

उनीहरुको धवलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।