समाचार

माघ १०, २०७७ शनिबार

नवलपरासी, १० माघ ।

पूर्वीनवलपरासीको कावासोती-८ खर्कटा जंगलमा भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल शुक्रबार राति आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार कावासोती-३ निवासी २४ वर्षीय हेमराज थापा र कावासोती-८ कै २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको प्रहरीले जनाएकव छ ।

दुर्घटना गम्भीर घाइते उनीहरूलाई उपचारका लागि कावासोती-१६ डण्डास्थित मध्यविन्दु जिल्ला अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।