तनहूँमा सेनाको गाडी दुर्घटना, पश्चिम पृतनाका हवल्दार खड्का घाइते

पोखरा, १८ पुस ।

तनहूँमा आज नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा उक्त ट्रकमा सवार सेनाका हवल्दार ३७ वर्षका सूर्यबहादुर खड्का घाइते भएका छन् । उनी पश्चिम पृतना विजयपुरमा कार्यरत थिए ।

उनको हाडजोर्नी अस्पताल आबुखैरेनीमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिका २ एक्लेफाँटस्थित आबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ना१ख ६४०० नम्बरको टिपर र विपरीत दिशा बाट आउँदै गरेको लु.१ ग. १६४ नम्बरको नेपाली सेनाको ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायव निरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको डिएसपी रेग्मीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close