सभामुख सापकोटाको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं ३ पुस ।

सभामुख अग्‍निप्रसाद सापकोटाको मुद्दा संवैधानिक इजलासमा पेशी चढेको छ ।

काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पति हत्याको अभियोगमा जोडिएका सापकोटाको पक्षमा निर्णय गरेको भन्दै उनले ०६९ मंसिर ७ गते सर्वोच्च अदालत आएकी थिइन् । लामाले दायर गरेको मुद्दा पेशी चढेको यो ४२औं पटक हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा पेसीमा छ ।

०६२ वैशाखमा काभ्रेका अर्जुन लामाको माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए । सो कार्यमा सापकोटा संलग्न रहेको लामाकी पत्नी पूर्णिमायाको जिकिर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close