एलिना गुरुङलाई पोखरामा स्वागत

पोखरा, ९ पुस ।
नेपाल टेलिभिजनबाट प्रशारित गायन रियालिटी शो वाईवाई नेपाल स्टारको टप आठमा प्रवेश गर्न सफल पोखरेली चेली एलिना गुरुङलाई पोखरामा भब्य स्वागत गरिएको छ ।
उत्कृष्ट आठमा प्रवेश पश्चात पोखरा आएकी गुरुङलाई एलिना गुरुङ जिताऔं सहयोग समितिले स्वागत गरेको हो । समितिका अध्यक्ष मेनकाजी गुरुङ, संरक्षकहरु हुमबहादुर गुरुङ, मनकुमार गुरुङ लगायतले एलिनालाई स्वागत गरेका थिए ।
उक्त अवसरमा एलिनालाई जिताउन विभिन्न सहयोगदाताहरुबाट प्राप्त आर्थिक सहयोग समेत समितिलाई हस्तान्तरण गरिएको थियो ।
पोखराको दि मुग्लान रेस्टुरेन्टमा न्यु मेलोडियस ब्याडमा आवद्ध रहि गीत गाईरहेकी नेपाल स्टार प्रतिस्पर्धी एलिनाले रियालिटी शोमा सहभागी भएर आफूले गीत संगित सम्बन्धि धेरै कुराहरु सिकेको भन्दै गीत संगीतबाटै समाज र मुलुकलाई योगदान पुर्याउन आफूले चाहेको बताइन् ।
सहयोग समितिका संरक्षक हुमबहादुर गुरुङले गण्डकी पोखरा क्षेत्र गीत, संगीतकै राजधानीका साथै सबैको अपनत्व प्राप्त गरेकी प्रतिस्पर्धी भएकीले एलिनाले उपाधि जित्ने दावी गरे ।
अर्का संरक्षक मनकुमार श्रेष्ठले देशमा मात्रै नभई विदेशमा १६ वटा मुलुकमा सहयोग समिति गठन भएको बताए । एलिनाले धेरै माया, साथ सहयोग प्राप्त र गायन प्रतिभा पनि राम्रो भएकाले टाइटल एलिनाकै पक्ष हुने दावी गरे।
सहयोग समितिका संयोजक वरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हार्मोनीका अध्यक्ष गायिक इतु जोजिजु, आर्थिक संयोजक कुमारी गुरुङ, समितिकी सचिव रोशनी गुरुङले पनि बोलेका थिए ।