गण्डकी प्रदेश प्रमुख शेरचनद्धारा ल्होसार लगायत पर्वको शुभकामना व्यक्त

पोखरा, १४ पुस ।

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले तमु तमु (गुरुङ) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार÷ल्होछार, किरात समुदायको उधौली पर्व तथा नेवार समुदायको योमरी पुन्हि एवं ज्यापू दिवसको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।

तमु समुदायले ल्होसार/ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । च्यू ल्हो (मुसा वर्ग)को बिदाइ र ल्वों ल्हो (गाई वर्ग) को आगमनको खुशीयालीमा एक आपसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउँदै छन् ।

यस्तै, किरात समुदायले अन्नबाली भित्र्याएको खुशीयालीमा उधौली पर्व मनाउँदै आएका छन् । यसैगरी, नेवार समुदायले मनाउने योमरी पुन्हि पनि यसपाली तमु ल्होसार र उधौलीसँगै एकै दिन परेको छ ।

‘हाम्रा यी सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेका छन्’, प्रदेश प्रमुख शेरचनको सन्देशमा भनिएको छ, ‘आजको यस अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close