अनमोल सहकारीको नवौं साधारणसभा

पोखरा, २८ मंसिर ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित अनमोल बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उक्त अवसरमा पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले तीनखम्बे अर्थतन्त्र नीतिमध्ये एउटा खम्बा सहकारी भएको भन्दै सहकारीलाई विकास गरी मजबुद बनाउनुपर्ने बताए ।

कार्यक्रममा संस्था अध्यक्ष बद्रिनाथ पहारीले वार्षिक प्रगति प्रतिवेन, कोषाध्यक्ष माधव भट्टराईले आर्थिक प्रतिवेदन र लेखासमितिका संयोजक कृष्णप्रसाद पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा निवर्तमान अध्यक्ष माधव पहारीलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट वचत कर्ता तुलसीराम बराल, उत्कृष्ट कारोबारमा रमेश पहारी र वेदाकुमारी थापालाई समेत कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

सहकारीका अध्यक्ष पहारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष माधव पहारी, उपाध्यक्ष खेमराज बराल, सचिव एकनारायण भण्डारी, शिक्षा उपसमिति संयोजक मनुराज आचार्य लगायतले बोलेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close