एन्फा गण्डकी प्रदेशमा लोकेन्द्र

गोरखा, १८ पुस ।

अखिल नेपाल फुटवल संघ गण्डकी प्रदेश अध्यक्षमा लोकेन्द्र गुरुङ चयन भएका छन् । गोरखामा शनिबार भएको भेलाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ र उपाध्यक्षहरुमा निरज गुरुङ, रामराजा गुरुङ र सेतबहादुर पुन चयन भएका छन् ।

यसैगरी महासचिवमा दिपेन्द्र श्रेष्ठ, सहायक महासचिवमा प्रकाश रेग्मी, ज्योती श्रेष्ठ, प्रेम गुरुङ र प्रितम गुरुङ छन् । संघको कोषाध्यक्षमा मुक्त राना र सह-कोषाध्यक्षमा नर गुरुङ चयन भएका छन् ।

यस्तै सदस्यहरूमा विनोद गुरुङ, वेदबहादुर गुरुङ, सुमन गुरुङ, हरि खड्का र दिनेश केसी रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close