अंकित न्यौपानेको ‘एक घण्टामै’ सार्वजनिक

पोखरा, २७ पुस ।

दाङको तुलसीपुरबाट काठमाडौं आएर संघर्ष गरेका गायक हुन् अंकित न्यौपाने । २०६३ सालबाट औपाचिरक रुपमा संगीतमा लागेका न्यौपाने आज पनि संगीत संघर्ष गरिरहेका छन् ।

उनले काठमाडौंमै चण्डीप्रसाद काफ्लेसँग संगीतको औपचारिक शिक्षा लिइरहेका छन् । छैठौ वर्षको शास्त्रीय संगीत पढिरहेका न्यौपानेका हालसम्म ६० जति गीत सार्वजनिक भएका छन् ।

न्यौपानेले भर्खर मात्रै “एक घण्टामै” सार्वजनिक गरेका छन् । आफ्नै युट्युब लेखन इन्टरटेन्मेन्टबाट गीतको म्युजिक भिडियोलाई उनले सार्वजनिक गरेका हुन् ।

काठमाडौंको गोदावरीमा छायांकन गरिएको गीतमा न्यौपाने सँगै माण्डवी त्रिपाठीको आवाज रहेको छ । लेखराज गिरीको शब्द र संगीतमा तयार भएको गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका चर्चित म्युजिक भिडियो निर्देशक गम्भीर बिष्टले गरेका हुन् ।

म्युजिक भिडियोमा टिकटकबाट हिट भएका स्याङजाका सुन्दर एसओसले अभिनय गरेका छन् । उनलाई याङ्गशु श्रेष्ठको साथ रहेको छ । न्यौपानेले आफू सुन्दर एसओसको टिकटक फ्रेण्ड भएको र उनको अभिनय गर्ने क्षमताले मन छोएको हुनाले म्युजिक भिडियोमा अनुबन्धित गरेको जानकारी गराए ।

यसअघि मेलोडियस गीतमा आवाज भर्दै आएका न्यौपानेले पछिल्लो समयानुसारको गीत सार्वजनिक गरेको बताए । कलाकार भइसकेपछि हरेक गीतसंगीतलाई निभाउन सक्ने खुबी हुनुपर्नेमा उनी जोड दिन्छन् । सानैदेखि गीत संगीतमा आर्कषित न्यौपाने बुवाबाट प्रभावित भएका हुन् । उनको परिवार नै संगीतमय परिवार हो ।

उनी सर्जक करण न्यौपानेको प्रेरणा बाट औपचारिक रुपमा संगीतमा लागे । २०६४ सालमा “छाडी जाने मायालु उपहार छ तिमीलाई दुई थोपा आँशु” सार्वजनिक गरेपछि भने अंकितलाई गायक भनेर चिन्नेहरुको जमात बढ्यो ।

गीतसंगीतमा निरन्तरता दिने योजनामा रहेका न्यौपानेका तीनवटा गीतको अडियो तयार भएको र भिडियोका लागि पनि तयारी भइरहेको उनले जानकारी दिए । आफ्नै युट्युबलाई अगाडि बढाउन पनि गीत संगीत अब निरन्तर सार्वजनिक गर्ने प्रतिबद्धता उनको छ ।

अंकितले मिडियाले चलेका अनुहारलाई मात्र प्राथमिकता दिएको गुनासो पोखेका छन् । आवाज विहीनको आवाज हुनुपर्ने मिडिया क्षेत्र जसको सामाजिक संजालमा फ्लोहर बढी छ उसकै पछाडि दौडिरहेको उनले बताए ।

अंकितले गीतसंगीत क्षेत्रमा पैसाको मात्र खेलो बढ्दा राम्रा कलाकार पछाडि पर्नुपर्ने अवस्था आएको औंल्याएका छन् । उनका अनुसार नेपालमा पछिल्लो समय सच्चा साधानाको कदर हुन छाडेको छ । सृजनामै धाबा हुने खालको शब्द राख्दा नेपाली गीत संगीत क्षेत्रमा पछिल्लो समय गुनासो बढी सुन्ने गरेको तर्क उनको छ ।

भिडियो पनि हेरौं

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close