सशस्त्र प्रहरी सक्रिय, अवैध समान धमाधम बरामद

नेपालगञ्ज, २० पुस ।

नेपालगञ्जको सीमा नाकाबाट सशस्त्र प्रहरीले दुई लाख ४२ हजार एक सय रुपैयाँ बराबरका अवैध सामग्रीसहित दुई वटा मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमाण्डमा खटिएको टोलीले सोमबार बिहान ४ बजे नेपालगञ्ज १५ पिप्रहवा सीमा नाकाबाट नेपाल भित्रिंदै गरेका ती समान बरामद गरेको हो ।

प्रहरी टोलीले एउटा मोटरसाइकलसहित एक लाख ३१ हजार पाँच सय रुपैयाँ बराबरका इलेक्ट्रिकल सामाग्री पनि बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बाँकेका अनुसार बिहानको समयमा हुस्सु र कुहिरो लागेका कारण केही नदेखिने भएकाले अवैध सामाग्री भित्र्याउदै गर्दा पनि सशस्त्रका सहायक निरीक्षक थारुको चलाखीले गर्दा ती सामग्रीहरु बरामद भएको सफल भएको हो ।

यस्तै, सशस्त्र प्रहरीको चौलीका चेक पोस्टले चेक जाँचकाक्रममा आज बिहान भारतबाट ल्याउँदै गरिएका बिना भन्सारका जुत्ता र ब्ल्याकेटसहित एउटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

चौलीका चेक पोस्टले बरामद गरेको सामाग्रीको मूल्य एक लाख १० हजार छ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएका सबै अवैध सामग्रीलाई आजै नेपालगञ्ज भन्सार कार्यालय बुझाईसकेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले अवैध सामग्री ओसार-पसार नियन्त्रण तथा र भारतबाट बिना भन्सार ल्याइने ससाना सामग्री समेत बरामद गर्न कडा निर्देशन दिएसँँगै सशस्त्र प्रहरीले ससाना सामग्रीलाई समेत बरामद गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close