अपिल त्रिपाठीले पूरे सडकका खाडल (भिडियोसहित)

पोखरा, ४ पुस ।

सञ्चारकर्मी अपील त्रिपाठीले पोखराको महेन्द्रपुलदेखि पालिखेचोकसम्मको सडकमा भएका खाडलहरु पूरेका छन् । शुक्रबार राति ८ बजेदेखि ९ बजेको बीचमा उनले यी खाडल पुरेका हुन् ।

खाडल पुर्न उनी आफै खटिएका थिए । पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेलाई साक्षी राखेर उनले सडकका खाडलहरु पूरेका हुन् ।

गण्डकी टेलिभिजनमा कार्यरत अपिलले सडकको ठूला ठूला खाडलका कारण आवतजावतमा कठिनाई भएको, दुर्घटनाको सम्भावना भएको र सवारी साधन पनि बिग्रने जोखिम भएकाले आफ्नै स्रोत र साधनबाट सडकको खाडल पुरेको बताएका छन् ।

यसका लागि उनले शुक्रबार नै पोखरा ३ र ९ को वडा कार्यालयमा निवेदन दिएका थिए । अपिलको यो कदमलाई धेरैले प्रशंसा गर्नुका साथै सम्बन्धित निकायलाई नैतिक दवाद हुने प्रतिक्रिया दिएका छन् ।

सञ्चारकर्मी त्रिपाठीले राज्यसंग आफ्नो कुनै गुनासो नभएको भन्दै सडकमा खाडल हुँदा आफूलाई निकै समस्या भएकाले पूर्ने काम गरेको बताए ।

‘यो काम राज्यले गर्न नसक्ने हुँदै होइन । यो काम सामान्य हो । लामो समयसम्म पनि खाडल नपुरिएपछि आफैले गर्दा राम्रो होला भन्ने लागेर गरेको हुँ’, उनले भने, ‘राज्यका समस्या होलान्, बाध्यता होलान्, आँखा नपुगेको पनि हुन सक्छ । यस विषयमा म केही बोल्न चाहन्न ।’

यो सडकका खाडलले कसलाई कति समस्या परेको छ भन्ने कुरा यहाँ हिंड्ने पैदलयात्रीका साथै सवारीसाधन चलाउनेलाई राम्रोसंग जानकारी हुने उनले स्पष्ट पारे ।

सडकका खाडल नागरिकले पर्न पूर्न सक्छ भन्दै अभियान चलाउने सामाजिक अभियान्ता शिवदाईले राज्यका निकायमा बसेकाहरुको आँखा नपुग्दा यस्तो अवस्था आएको प्रतिक्रिया दिए ।

पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले यो काम वडाले गर्ने नभइ महानगरले नै गर्ने भएकाले समस्या भएको बताए । उनले महानगरले अस्फाल्ट प्रविधिबाट सडक पिच गर्ने काम गरिरहेको भन्दै यहाँ पनि त्यही प्रविधिको पिच हुने भएकाले खाडल नपुरिएको जानकारी दिए ।

 

भिडियोमा पनि हेरौं

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close