स्याउ बोक्रासहित खानुको सात फाइदा (के-के हुन् ?)

पोखरा, २२ पुस ।

नेपाली बजारमा स्याउ जुनै महिनामा पनि सहजै पाउन सकिन्छ । स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई कतिपय मानिस बोक्रा निकालेर खाने गर्दछन् ।

स्याउलाई ब्रोकासहित खानाले यसमा भएका सम्पूर्ण तत्व शरीरले पाउनुको साथै कैयौं प्रकारका रोगबाट समेत बचाउँछ ।

स्याउलाई बोक्रासहित खादाँ निम्न फाइदा पाउन सकिन्छ :

१. क्यान्सर : बोक्रासहित स्याउ खाए फाइबर, क्याल्सियम, एन्टिअक्सिडेन्ट, प्लेबिनाइड, फाइटोकेमिकल्स पाइन्छ । जसले मोटोपना घटाउनुका साथै कलेजो, स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ ।

२. मोतियाविन्दु : बोक्रासहित स्याउको सेवन गरेमा आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउन मद्दत गर्छ । साथै आँखासम्बन्धि अन्य रोग पनि लाग्ने संभावना न्युन हुन्छ ।

३. ब्लड सुगर : मधुमेहका विरामीलाई पनि बोक्रासहितको स्याउको सेवन फाइदाजनक मानिन्छ । यसले सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

४. पित्तथैलीको पत्थरी : बोक्रासहितको फाइबरयुक्त स्याउको सेवनले पित्तथैलीमा जमेर बसेको कोलेस्टेरोल बाहिर निकाल्न मद्दत गर्दछ । जसले पित्तथैलीमा पत्थरी हुन पाउँदैन ।

५. मष्तिकको कोष : बोक्रासहितको स्याउ सेवनले दिमाग तेजिलो हुनुका साथै मस्तिष्कको कोषिकालाई समेत स्वस्थ राख्न सघाउ पुर्‍याउँछ ।

६. दाँतको सडन : स्याउमा टुथपेस्टको गुण हुने भएकाले यसले दाँतको पहेँलोपना हटाउन तथा दाँतलाई स्वस्थ राख्न उपयोगी मानिन्छ । यसलाई चपाएर खादाँ दाँतको जिद्दी दागबाट समेत छुटकारा पाउन सकिन्छ । साथै दातमा क्याभिटी हुनबाट बचाउँछ ।

७. हड्डी दह्रो बनाउन : स्याउमा एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ । जसले हड्डी मजबुत बनाउनुको साथै टुट्नबाट समेत बचाउँछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close