पूर्वप्रधानमन्त्री डा. भट्टराई पोखरा आउने

पोखरा, २१ पुस ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पोखरा आउने भएका छन् । उनको साथमा अशोक राई, राजेन्द्र श्रेष्ठ र शरदसिंह भण्डारी पनि पोखरा आउने तय भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक र प्रतिगामी भएको भन्दै जनता समाजवादी पार्टी गण्डकीले यहि पुस २९ गते पोखरामा बृहत जनप्रदर्शन गर्ने भएको छ ।

उक्त कदमका विरुद्ध सडकबाटै दवाद दिनका लागि कार्यक्रमको आयोजना गरिएको जनप्रदर्शन प्रचार–प्रसार समितिका संयोजक किरण थापाले बताए ।

जनप्रदर्शनलाई सम्बोधन गर्न जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र शरदसिंह भण्डारी पोखरा आउन लागेको उनले बताए ।

जनप्रदर्शनका लागि आयोजकले विभिन्न उपसमितिहरु गठन गरेको जनाएको छ । गठित उपसमिति संयोजकहरुमा अतिथि सत्कारतर्फ मोती रिजाल, आर्थिक व्यवस्थापनमा दिपक तामाङ्, स्वयंसेवक परिचालनमा डिवि नेपाली तथा संघसंस्था समन्वय समिति संयोजकमा होम गुरुङ छन् ।

यसैगरी पार्टी प्रवेश समन्वय समिति संयोजकमा देवी सुवेदी, स्वास्थ्यमा शंकर गौतम, संगठन परिचालनमा टिकाराम पौडेल र गिरी प्रसाद गुरुङ्ग, अनुगमनतर्फ धन प्रसाद तामाङ र राजन कार्की, मञ्च व्यवस्थापनमा शम्भु खाती संयोजक छन् । पुस २९ गते चिप्लेढुंगाबाट र्याली शुरु भएर पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close