पोखरा लामाचौरका चीरपरिचित गायक बद्री केसी मृत भेटिए

पोखरा, २६ पुस ।
करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका पोखरा लामाचौरका गायक बद्री केसी मृत भेटिएका छन् ।
शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिएको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पती रेग्मीले जानकारी दिए ।
३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत पुगेका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए ।
लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए । उनको आत्महत्याको कारण अझै खुल्न सकेको छैन । घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।