सामुदायिक सेवा केन्द्र बगरको अध्यक्षमा रामभूषण

पोखरा, २५ पुस ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा-१ बगर को १७ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट रामभूषण पराजुली निर्वाचित भएका छन् ।
अध्यक्षमा मात्रै भएको निर्वाचनमा पराजुलीले आफ्ना प्रतिस्पर्धी वसन्त वास्तोलालाई ३९ मतले पछि पार्दै पराजुली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको २३६ मतमध्ये पराजुलीले १३० मत र बास्तोलाले ९१ मत प्राप्त गरेका थिए । १५ मत वदर भएको थियो ।
सेवा केन्द्रको उपाध्यक्षमा कल्पना आचार्य, सचिवमा शिवराज अधिकारी, सहसचिवमा दुर्गादत्त हुमागाई, कोषाध्यक्षमा रामप्रसाद अधिकारी, सदस्यमा दुर्गा थापा, विजयाकुमारी गुरुङ, कृष्णबहादुर तामाङ, हरिदेवी पराजुली, फणिन्द्रप्रसाद तिमिल्सिना, विकल पराजुली, सिता अधिकारी भण्डारी र कमल प्रसाद वास्तोला निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन समितिमा हरिप्रसाद अधिकारी, वैकुण्ठ अधिकारी, प्रतापराम पराजुली रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले समाजमा हुने विकृति विसंगती न्यूनीकरण गर्न सामुदायिक केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रलाई सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई दोसल्ला ओढाई प्रशंगा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ कि अध्यक्ष शारदाकुमारी पराजुली, वडा नं. १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, वडा नं. २ कि वडासदस्य गोमा सुवेदी, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ बास्तोला, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवन अधिकारी, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा लेखनाथका अध्यक्ष त्रिलोचन लामिछाने, आईएन एफ नेपालका एच आर म्यानेजर लेखनाथ केसीले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरका अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामभूषण पराजुलीले स्वागत र सचिव कल्पना आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।