चोरीको आरोपमा तीन बालक पक्राउ

पोखरा, १९ पुस ।

जिल्ला भेटनरी कार्यालय कास्कीको प्रजेक्टर चोरी गरेको आरोपमा तीन जना बालकलाई पक्राउ परेका छन् ।
उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिएका तीन बालकसंग अन्य सामान पनि भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिए ।

दुई साता अघि भेटनरी कार्यालयबाट प्रोजेक्टर, राउटर लगायत अन्य सामान पनि हराएको थियो । उनीहरुले कार्यालयको चाबी फोडेर उक्त सामान चोरी गरेको अनुसन्धानमा भेटिएको छ ।

ती बालकहरु इसअघि पनि चोरीको आरोपमा पक्राउ परेका थिए । उनीहरुले यसअघि गाडीको समान, टिभी लगायतका सामानहरु चोरेको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकहरु पोखराको रानीपौवा र हस्पिटलचोक बस्दै आएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close