नेता गौतमले ओली-प्रचण्ड दुवैसंग चित्त दुखाए

पोखरा, २३ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टीको पछिल्लो राजनीतिक विभाजनप्रति निकै चिन्ता व्यक्त गरेका छन् । उनले प्रचण्ड माधव समूह र प्रधानमन्त्री केपी शर्मा ओलीसंग चित्तसमेत दुखाएका छन् । साथै अझै पनि पार्टी एकताकै पक्षमा आफू लागिपरेको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको वैठकमा आज पहिलो संवोधनका क्रममा नेता गौतमले यी कुरा स्पष्ट पारेका हुन् । बैठकमा करिब १३ मिनेट बोलेका गौतमले पूरै समय पार्टी विभाजन र त्यसपछिका घटनाक्रम विस्तारमा खर्चिए ।

प्रधानमन्त्री विरुद्ध पार्टीभित्रैबाट पटक पटक अविश्वासको प्रस्ताव आउन लाग्दा आफूले रोकेको प्रसंग कोट्याउँदै उनले यस पटक आफूलाई कुनै जानकारी निदिइ अविश्वासको प्रस्ताव ल्याइएको भन्दै दुःखेसो पोखे । उनको यो दुःखेसो पार्टी अध्यक्ष पुष्पकमद दाहाल र वरिष्ठ नेता माधवकु्मार नेपालसंग गरेका हुन् ।

यस्तै उनले प्रधानमन्त्री ओलीसंग पनि चित्त दुखाएका छन् । आफूले प्रधानमन्त्रीसंग ४५ वर्ष झेलेको भन्दै उनले आफूहरु एकअर्काको मित्र भए पनि उहाँको कार्यशैली कत्ति पनि मन नपर्ने र पटक पटक सुधार्न आग्रह गर्दा नमानेको बताए ।

पछिल्लो पटक संसद विघटनको निर्णय लिंदासमेत कुनै सल्लाह नगरेको भन्दै नेता गौतमले चित्त दुखाए । उनले संसद विघटनलाई आफूले असंवैधानिक भनिसकेको तर अब सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगिसकेकाले त्यसले गर्ने निर्णयलाई असंवैधानिक भन्न नमिल्ने उनले बताए ।

पार्टीभित्र अल्पमत र बहुमतको खेल धेरै पहिलेदेखि चलिरहेको भन्दै नेता गौतमले भने, ‘अविश्वासको प्रस्ताव आउनु अघि नै प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्यो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close