माघ १० गते नेपाल बन्द आह्वान !

पोखरा, १ माघ ।

प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परेका छन्। प्रहरीको विषेश ब्युरोको टोलीले बास्तोलालाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो ।

यसैबीच आफ्ना नेता पक्राउको विरोधमा विप्लव समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ। समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेका हुन् । माघ ३, ५,७ र ९ गते देशभर विरोध जुलुस गर्ने र माघ १० गते नेपाल बन्द गर्ने विप्लव समूहद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

कन्चन केन्द्रीय समिती सचिवालय सदस्य हुन्। उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेको पार्टी महासचिव विप्लवले उल्लेख गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close