बन्दीपुरको चार विधेयक पारित

तनहूँ, १ माघ ।
तनहूँको बन्दीपुर गाउँपालिकाको आठौं गाउँसभाले चार विधेयक पारित गरेको छ ।
बुधबार गाउँपालिका भवनमा अध्यक्ष पूर्णसिं थापाको अध्यक्षतामा भएको सभाले सशोधित विनियोजन विधेयक, कृषि व्यवसाय प्रवर्धन विधेयक, बालबालिकाको अधिकार तथा सुशासन सम्बन्धी विधेयक पारित गरेको छ ।
यस्तै वडामा कार्यान्वयन गर्न नसकिएका र साना प्रकृतिका १० योजना मर्ज तथा संशोधन गरिएको छ ।
वर्षे अधिवेशनले पारित गरे पनि कार्यान्वयनमा जान नसकेका योजनाहरु संशोधन गर्ने निर्णय सभाले गरे पनि मूलतः कानून निर्माणमा केन्द्रीत भएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।