बार्सिलोनाको शानदार जित, मेस्सीको उत्कृष्ट प्रदर्शन

पोखरा, २६ पुस ।
कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हात परेको छ । ग्रानडासँग शनिबार राति भएको खेलमा बार्सिलोनाले ४-० को सानदार जित निकालेको हो ।
बार्सिलोनाले ग्रानडालाई उसकै मैदानमा फराकिलो जित निकाल्ने क्रममा मेस्सी र र एन्टोइन ग्रिजमनको समान दुई गोल गरे । खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको बार्सिलोनाको लागि दोस्रो गोल ३५औं मिनेटमा मेस्सीले गरे ।
४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पहिलो हाफमै ३-० को अग्रता लिएको थियो । ६३औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को सानदार जित दिलाए ।
जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको ३४ अंक पुगेको छ । पराजित ग्रानडा २४ अंकसहित सातौँ स्थानमा रहेको छ ।