चिसाखोला वेद विद्याश्रमलाई गेट र रेलिङ हस्तान्तरण

पोखरा, ५ पुस ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीले पोखरा–१८, चिसाखोलास्थित पोखरा चिसाखोला वेद विद्याश्रमको प्रवेशद्धार र सिंढी बाटोको रेलिङ निर्माण गरिदिएको छ । संस्थाका अध्यक्ष राजेश शिल्पकारको सौजन्यमा उक्त कार्य गरिएको हो । निर्माण गरिएको प्रवेशद्धार र रेलिङ एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा लाइन्स चिफ एड्भाइजर सुचित्रा थापाले वैदिक धर्म संस्कृतिमा वेद विद्याश्रमले खोलेको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
रिजन चियर पर्सन वासुदेव कोइरालाले सामाजिक उत्तरदायित्वमा बालबालिकाको विकासका लागि र सनातन संस्कार संरक्षणमा लागिपरेको वेद विद्याश्रमलाई आगामी दिनमा पनि आफ्नो र क्लबको तर्फबाट सहयोग दिने बताए ।
जोन चियर पर्सन चेतन कार्कीले पारिवारिक व्यवसायिक समसामयिक विषयमा आगामी वर्षमा पनि कार्यक्रम लिएर आउने प्रतिबद्धता जनाए ।
क्लवका अध्यक्ष राजेश शिल्पकारले ऐतिहासिक तपोभूमि वेद विद्याश्रमलाई आगामी दिनमा शैक्षिक भौतिक विकासमा सहयोग जुटाउन हरतरहबाट लागिपर्ने बताए ।
वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले आश्रमको गतिविधि माथि प्रकाश पार्दै दाताहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा क्लवका सचिव ई. अर्जुन पौडेल, कार्यक्रम संयोजक प्रदिप सुवेदी, द्वित्तीय उपाध्यक्ष सुमनराज ढकाल, शिव पौडेल, मनोज खड्का तथा विद्याश्रमका तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष मणिरत्न अधिकारी, सल्लाहकार लक्ष्मीराज शर्मा, प्रधानाध्यापक श्रीराम तिमिल्सिना लगायतको सहभागी थिए ।