परम्परागत शैलीका भौतिक संरचना विस्तापित गर्न आवश्यक छ : मन्त्री लम्साल

पर्वत, १ माघ ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले स्थानीय तहहरुले कडाईका साथ भूकम्प प्रतिरोधी संरचना बनाउन मापदण्ड लागू गर्नुपर्ने बताएका छन् । उनले परम्परागत शैलीमा बनाइएका भौतिक पूर्वाधारहरुलाई विस्थापित गर्न जरुरी रहेको स्पष्ट पारे ।

भूकम्प सुरक्षा दिवसको अवरमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले आयोजना गरेको डेमोस्ट्रेशन कार्यक्रममा मन्त्री लम्सालले विपदको पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताए ।

मन्त्री लम्सालले २०७२ सालको भूकम्पपछि मुलुकमा ठूलो धनजनको क्षति पुगेको भन्दै अब बन्ने संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा विपद् उद्धार ईकाई ‘रेस्क्यु युनिट’ स्थापना गर्न थालेको भन्दै उनले जतिबेला विपद् आइपर्छ त्यतिबेला तत्काल उद्धार कार्यमा खटिन सक्नेगरी तयारी अवस्थामा राख्न आवश्यक स्रोत साधनसहित रेस्क्यु युनिट खडा गरिने बताए । विपद न्यूनीकरणमा तीनवटै सुरक्षा निकायले प्रभावकारी भूमिका खेलेको भन्दै उनले प्रशंसा समेत गरे ।

पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आवश्यक स्रोत साधनले भ्याएसम्म उद्धार कार्यका लागि सुरक्षा निकाय तैनाथी अवस्थामा रहेको बताए । कुनै पनि ठाउँमा घटना हुने बित्तिकै तत्काल सुरक्षा निकायलाई खबर गर्न समेत उनले आग्रह गरे ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि अहिले स्थानीय तहहरुमा जिम्मेवारी आएको बताए । नक्सापास बिना कुनै पनि संरचना नबनाउन आग्रह गर्दै उनले त्यसका लागि जनप्रतिनिधिहरु जिम्मेवार बन्न आवश्यक रहेको स्पष्ट पारे ।

भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख युक्तप्रसाद शर्माले पर्वतमा भूकम्पका कारण भत्किएका विद्यालयका संरचनाको पुननिर्माण प्रभावकारीरुपमा अघि बढेको बताए । उनले पछिल्लो समय निर्माण भएका सबै संरचना पूर्वरुपमा भूकम्प प्रतिरोधी भएको स्पष्ट पारे ।

उक्त अवसरमा सशस्त्र प्रहरी बलको चण्डिका गणका प्रहरीले भूकम्प र भूकम्प पछिको उद्धार कार्यको डेमोस्ट्रेसन गरेर देखाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close