फ्रेण्डशिप लायन्सको रक्तदान, ५४ युनिट रगत संकलन

पोखरा, २३ पुस ।
लायन्स क्लव अफ पोखरा फ्रण्डशिपले पोखरामा रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । क्लवका अध्यक्ष विवेक श्रेष्ठको जन्मदिनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम शुभारम्भ गर्दै लायन्सकी कोचिफ एड्भाइजर सुचित्रा थापाले लायन्स क्लब अफ फ्रेण्डशिपले छोटो समयमै महत्वपूर्ण कार्य गर्न सफल भएको भन्दै खुशी प्रकट गरिन् । क्लबको यो कार्यले अन्य लायन्सलाई पनि शिक्षा प्रदान गर्ने भन्दै उनले लायन्सको प्रयासमा प्रत्येक दिन रक्तदान कार्यक्रम भइरहेको बताइन् ।
कार्यक्रममा लायन्स ब्लड डोनेशन डिपार्टमेन्ट चिफ वालकृष्ण शर्माले संसारमा सबै कुराका आविष्कार भए पनि रगतको आविष्कार हुन नसकेको भन्दै रक्तदान नै मानव जीवनको सबैभन्दा ठूलो दान भएको बताए ।
क्लबका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका नेता डम्बर बहादुर श्रेष्ठ, जोन चियर पर्सन सपना राना, पत्रकार हरि पन्त, गौंडामुख टोल सुधार समितिका अध्यक्ष मानकाजी गुरुङ लगायतले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।
सहसचिव अमृत बरालको संयोजकत्वमा भएको कार्यक्रममा क्लवका द्धित्तीय उपाध्यक्ष कृष्णराज ढकालले स्वागत र प्रथम उपाध्यक्ष गणेश थपलियाले सञ्चालन गरेका थिए ।
कार्यक्रममा गौंडाकोमुख क्षेत्रका विभिन्न व्यक्ति तथा संघसंस्थाले आर्थिक एवं जिन्सी सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।