बूढीगण्डकीमा खसेर बालक बेपत्ता

गोरखा, २० पुस ।

चुमनुब्री गाउँपालिका-५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो ।

सो दिन बिहान करीब १०ः ३० बजे गाउँपालिका-४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन् ।

बूढीगण्डकीमाथि दुई मुढा तेर्स्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासि नदीमा खसेको बुबा मिङ्युर दोर्जेले जानकारी दिए । “काठे पुलमा एकैचोटि दुई जना तर्न नमिल्ने भएकाले म पहिले पुल तरेर पारि गएँ”, उनले भने, “छोरो पछिपछि आउँदै थियो तर एक्कासि नदीमा खस्यो ।”

छोरा नदीमा खसेपछि बचाउन भनी आफू पनि बूढीगण्डकीमा हेलिए पनि भेटाउन नसकेको र पानीले आफूलाई धेरै तल पु¥याएर पाखामा हुत्याई दिएपछि बाँचेको उनले बताए ।बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close