२० जना यात्रु बोकेको बसमा एक्कासी आगो लाग्दा……

दाङ, २९ मंसिर ।

गुडिरहेको यात्रुबाहक बसमा एक्कासी आगलागी हुँदा जलेर पूर्णरुपमा नष्ट भएको छ । आज बिहान ६ बजेतिर तुलसीपुर १३ बखरियामा आगलागी हुँदा बस जलेर नष्ट भएको छ ।

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा१ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । बसको ब्याट्री सर्ट भएर आगलागी भएको बताइएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जसपुर प्रहरीचौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पूजाराले जानकारी दिए । उनका अनुसार बसमा करिब २० जना यात्रु थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close