बगालेटोलमा बसको ठक्करबाट एक युवक घाइते

पोखरा, ८ पुस ।

पोखरा महानगरपालिका वडा नं. ८ बगालेटोलमा नगरबसले ठक्कर दिंदा एक जना घाइते भएका छन् । ग१ख ६७९२ नं.को बसले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते हुनेमा उदयपुर गाईघाट नगरपालिका वडा नं. ४ का २४ वर्षका अमृत सुन्दास रहेका छन् । उनी पोखराको पस्र्याङमा बस्दै आएका थिए ।

घाइते सुन्दासका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close