सेन्ट्रल गार्डेन लायन्सको सप्ताहव्यापी कार्यक्रम

पोखरा, २९ पुस ।

लायन्स क्लव अफ पोखरा सेन्ट्रल गार्डेनले लायन्सका पिता मेलवन्स जोन्सको जन्मसप्ताह विविध कार्यक्रमका साथ मनाएको छ । डिस्ट्रिक्टको निर्देशन अनुसार क्लबले जनवरी ७ देखि १३ तारिखसम्म विभिन्न कार्यक्रम आयोजना गरेर र सहभागिता जनाएर मेलबिन्स सप्ताह मनाएको हो ।

क्लवले सप्ताहको पहिलो कार्यक्रम अन्तर्गत जनवरी ७ देखि १३ गतेसम्म फेदीखोला गाउँपालिका भाटखोला स्याङ्जामा रहेको शारदा रमणीय डाँडा आधारभूत विद्यालयका विद्यार्थीलाई सात दिन, सात प्रकारका दिवा खाजा खुवाएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम रानाभाटले क्लवले विगतमा विद्यालयका लागि सहयोग गरेको स्मरण गर्दै क्लवको साथ र सहयोगले विद्यालयका गतिविधिलाई उल्लेख्य टेवा पुगेको बताए ।

यसैगरी क्लवले दोस्रो कार्यक्रम जोन्सको जन्मसप्ताह अन्तर्गत जनवरी १० ताखिरदेखि पोखरा २२ का छात्रलाई छ महिने आधारभूत र डिप्लोमा कम्प्युटर कोर्ष निःशुल्क पढाउन शुरु गरेको छ ।

यसका साथै क्लबले कविता प्रतियोगितामा पुरस्कार प्रायोजन, सेवामूलक कार्यक्रममा व्यानर सौजन्य लगायतका कार्यक्रम गरेको मेम्वरसीप चियरपर्सन तुल रानाभाटले जानकारी दिए ।

सप्ताहको अन्तिम दिनमा क्लवले पोखरा रामबजारमा रहेको भिजन बोर्डिङ स्कुलका विद्यार्थी र विद्यालयलाई स्टेशनरीलगायतका शैक्षिक सामग्री, मास्क, स्यानिटाइजर जस्ता सचेतना सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालयका प्रिन्सिपल तिलक थापाले बजारमा भए पनि सीमान्तकृत समुदायका बालबच्चा अध्ययन गर्ने भएकाले क्लबको सहयोगले विद्यार्थीलाई राहत मिल्ने धारणा राखे ।

क्लवका संस्थापक अध्यक्ष हरि भाटले क्लवले मेलविन्सको जन्म सप्ताह डिस्ट्रिकको नर्चर द फ्यूचर उद्घोषमा केन्द्रित रहेर सामुदायिक र सीमान्तकृत विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

क्लवका पूर्व अध्यक्ष कृष्ण रानाभाटले क्लबले मेलविन्सको जन्मसप्ताहमा क्लवले प्रभावकारी सातवटा कार्यक्रम सञ्चालन गर्नुका साथै एक दर्जन कार्यक्रममा सहभागी भएको स्मरण गरे ।

क्लवका द्वितीय उपाध्यक्ष आनन्द पौडेलले मानव जीवनमा मान्छेलाई नेतृत्व विकास गराउन, आत्मियता बढाउन र व्यक्तिमा सामाजिक भावना बनाउन लायन्स क्लव कोशेढुङ्गा सावित भएको धारणा राखे ।

क्लवका अध्यक्ष असफल गौतमले लायन्स क्लबमा आवद्ध हुनु भनेको जीवन जिउने कला सिक्नु भएको बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close