पोखरा चेम्बर अफ कमर्सको रक्तदान

पोखरा, १३ पुस ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमामा घुम्ती रक्तदान कार्यक्रम गरेको छ ।
चेम्बरको चिप्लेढुंगा महेन्द्रपुल इकाईले गरेको कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य प्रभा कोइरालाले सरकारसंगको सहकार्यमा उद्योग व्यवसायको प्रवद्र्धनका योजनाबद्ध ढंगले काम गर्न चेम्बरलाई सुझाव दिइन् । उनले व्यवसायीको हकहितमा काम गरेर सबैको साझा संस्था बन्न आग्रह गरिन् ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले निजी क्षेत्रको तर्फबाट संस्थागत रुपमा सामाजिक उत्तरदायित्वको काम गरेको बताए ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले पोखरामा रगत अभाव भएकोले खुला रक्तदानको कार्यक्रम गर्न सबै संघ संस्थालाई आग्रह गरे ।
चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष गीता तिवारी गौतम, वाणिज्य तर्फका उपाध्यक्ष यमनाथ पौडेल, वस्तुगत तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, सचिवालय सदस्य रवीबहादुर विक, कार्यसमिति सदस्य विक्रम पन्त, चिप्लेढुंगा सिद्धार्थचोक व्यापारी एशोसिएसनका अध्यक्ष डिबी भुजेल, चेम्बर अफ कमर्स उत्तरी इकाईका अध्यक्ष विष्णुप्रसाद बास्तोला, चेम्बर अफ कमर्स चिप्लेढुंगा महेन्द्रपुल इकाईका कार्यवहाक अध्यक्ष पदमलाल श्रेष्ठ, उपाध्यक्ष इन्द्रबहादुर कार्की, महासचिव लेखनाथ सुवेदी लगायतले बोलेका थिए ।