छोरेपाटन माविको ४२ औं वार्षिकोत्सव

पोखरा, १७ पुस ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

उक्त अवसरमा वडाध्यक्ष तीर्थराज अधिकारीले विद्यालयको शैक्षिक प्रगति उत्कृष्ट रहेको भन्दै भौतिक रुपमा पनि विद्यालय धेरै अगाडि पुगेको बताए । साथै विद्यालयले डेभिज फललाई संस्थागत गर्न नसक्दा स्वामित्वको विषयमा विवाद आएको उनले स्पष्ट पारे ।

पोखरा महानगरपालिकाको कार्यकारी सदस्य एवं विद्यालय व्यवसथापन समिति सदस्य राधिका योगी शाही, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गंगालाल सुवेदी, सल्लाहकार खड्गबहादुर शाही, निवर्तमान प्रधानाध्यापक लक्ष्मण थापा, शिक्षक अभिभावक संघका अध्यक्ष रवीलाल शर्मा, नेकपाका वडाध्यक्ष सुभास ढुंगाना, नेपाली कांग्रेसका सभापति देवराज आचार्य, विद्यार्थी यामबहादुर रोका लगायतले वोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापकद्धय खेमराज बराल (ध्रुब) र मेघनाथ पौडेल पनि बोलेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना, लेखा अधिकृत छविलाल पनेरुले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा दाताराम सरस्वती स्मृति पुरस्कार अक्षयकोष छात्रावृत्ति कोषका दाता लक्ष्मण बाँस्तोला र विश्वामित्र स्मृति पुरस्कार अक्षयकोषका दाता शिक्षक झरीमाया ढुंगानालाई सम्मान गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close