मुख्यमन्त्री राईको मन : दुर्घटनाको दर्दनाक दृश्य देखे, वास्ता नगरी हिंडे

मोरङ, ८ पुस ।

पूर्वपश्चिम राजमार्गको बेलबारी ४ बेतना सिमसार क्षेत्र नजिकै स्कुटर दुर्घटनामा परेका दुईजना सडकमै अधिक पीडामा लडिरहेका थिए । त्यसै समयमा घटनास्थल हुँदै अघि-पछि सुरक्षाकर्मीको स्कटिङमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए । तर उनले घाइतेलाई देखेको नदेखे झै गरेर गाडीमा हुईकिए ।

दुर्घटनास्थलमा रहेका प्रत्यक्षदर्शी जनक पोख्रेलका अनुसार प्रहरी आउँन ढिलो भएपछि घाइतेलाई बेलबारी स्वास्थ्य चौकीसम्म पुर्याउन भन्दै राजमार्गमा गाडी रोक्ने प्रयास गरे पनि बाटोमा हिड्ने कसैको मन पलाएन् । गाडी खोज्दै गर्दा साइरन बज्यो ।

उनलाई एम्बुलेन्स आयो भन्ने लाग्यो । फर्केर हेर्दा प्रहरीको गाडी थियो । प्रहरीको भ्यान पछाडि भिआइपी सवार गाडी र पछुवा गाडीको रुपमा सशस्त्र प्रहरीको भ्यान थियो । उनलाई लाग्यो अब अस्पताल पठाउन सकिन्छ ।

बाटोमा जनकले रोक्ने प्रयास गरे । तर दुर्घटनाको दृश्य परैबाट देखेर साइरन बजाउँदै आएको सवारी रोकिएन् । रोक्ने प्रयास गर्दा भिआइपिको सवारीमा बस्नेको मन पलाएन् ।

‘चाडो अस्पताल पुर्याउन सकिन्छ की भनेर कोसिस गरे । तर साइरनवाला गाडीले सुन्दै सुनेन्’, जनकले भने, ‘पछि थाहा पाए मुख्यमन्त्रीको सवारी रहेछ । दुःख लाग्यो ।’

मुख्यमन्त्रीको सवारी भएको करिब १० मिनेटपछि मात्र प्रहरी आएर उद्दार गरेको उनले बताए । ‘जनताको प्रतिनिधिले नदेखे झै गरी हिंड्दा चित्त बुझेन्’, पोख्रेलले भने, ‘उहाँले उद्दार नगरे पनि अगुवा पछुवालाई भनेको भए समयमा नै अस्पताल पुर्याउन सकिन्थ्यो ।’

यो घटना सोमबार दिउँसो करिब चार बेजेको हो । मुख्यमन्त्री शेरधन राई झापाको कार्यक्रमबाट फर्कदै गर्दा उनलाई इलाका प्रहरी कार्यालय पथरीको गाडीले स्कटिङ गरेर ल्याएको थियो ।

‘म पुग्न भन्दा करिब पाँच मिनेट अगाडि दुर्घटना भएको रहेछ’, जनक भन्छन्, ‘म पुगेको पाँच मिनेपछि मुख्यमन्त्रीको सवारी थियो । करिब १५ मिनेपछि मात्रै उद्दार भयो ।’

दुर्घटनामा बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गका ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए । ढिलो गरी अस्पताल पुगेका अर्जुनको मृत्यु भएको छ । भण्डारीको विराटनगरमा उपचार भइरहेको छ ।

प्रहरीको प्रोटोकलमा भिआइपीको स्कटिङमा हिंड्दा सवारी रोक्न मिल्दैन् । दुर्घटना हुँदा प्रहरीले गाडी रोक्न मिलेन् । तर मुख्यमन्त्रीको पनि मन नपग्लिएको उनले बताए ।

यता इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल मुख्यमन्त्रीको सवारी हुनुअघि नै प्रहरी घटनास्थल पुगिसकेको बताउँछन् । तर प्रत्यक्षदर्शी भने मुख्यमन्त्रीको सवारीको करिब १० मिनेटपछि मात्र प्रहरी आएको बताउँछन् । मुख्यमन्त्रीको सवारी हुन अघि नै प्रहरी टोली घटना स्थलमा पुगेको थियो । ढकाल भन्छन्, ‘त्यसपछि उद्दार गरियो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close