काठमाडौंलाई हराउँदै चितवनले जित्यो उपाधि

काठमाडौं, २१ पुस ।

प्रधामन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेशको छनोटको उपाधि चितवनले जितेको छ । यो प्रतियोगिताका लागि प्रशिक्षक र ब्यवस्थापक विना नै आएको चितवन टिमले फाइनलमा काठमाडौंलाई एक सय ९३ रनले हराउँदै उपाधि उचाल्यो ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको चितवनले ४० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६० रन बनायो । उसका लागि आकाश थापाले शतकीय पारी खेले । जसमा उले एक सय ३६ रन बनाए ।

यस्तै गौतम केसीले ३२ र प्रतिक श्रेष्ठले २५ रन बनाए भने रोविन शर्माले २४ रन थपे । बलिङमा काठमाडैंमा सञ्जम रेग्मी, सुमन उदय, चन्द्रकुमार बुढाले एक एक विकेट लिए ।

जवाफमा काठमाडौं २५ ओभर चार बलमा मात्र ६७ रनमा अलआउट भयो । उसका लागि एक खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रजत तिमल्सिनाले सर्वाधिक १५ रन बनाए ।

बाँकी खेलाडी एकपछि अर्को गरि पेभेलियन फर्किए । काठमाडौंको पारिलाई ध्वस्त पार्नका लागि संघर्ष पौडेलले पाँच ताथ दिपेश श्रेष्ठले दुई विकेट लिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close