पोखरामा ह्वात्तै बढ्यो चिसो, आज कहाँ-कहाँ हुन्छ वर्षा ?

पोखरा, २५ मंसिर ।

गण्डकी प्रदेशको राजधानी पोखरा आज बिहानैदेखि बाक्लो कहिरोले ढाकिएको छ । जसले गर्दा निकै चिसो महसूस भएको छ । बुधबारसम्ममा खासै चिसो नबढेको पोखरामा आज बिहीबार भने ह्वात्तै बढेको छ ।

अहिले गण्डकी प्रदेश, प्रदेश नं १, प्रदेश २ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ र वाग्मति प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

यस्तै, प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । बिहीबार राति प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close