संसद विघटनको सिफारिसप्रति कांग्रेस संसदीय दल गण्डकीको आपत्ति

पोखरा, ५ मंसिर ।

आइतबार बिहानको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न सिफारिस गरेपछि नेपाली कांग्रेस संसदीय दल गण्डकीले आपत्ति प्रकट गरेको छ ।

दलका नेता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्रीले लिएको यो कदम असंवैधानिक, अप्रजातान्त्रिक र मुलुकलाई फेरि अस्थिरतातर्फ उन्मुख गराएको बताएका छन ।

एक विज्ञप्ती जारी गर्दैै उनले भनेका छन्, ‘एउटा स्थिर सरकारको लागि जनताले दिएको म्यान्डेटलाई लत्याएर आफ्नो आन्तरिक पार्टीको झगडाको कारणले मुलुकलाई अस्थिरतातर्फ लैजान खोजिएको छ, यसको घोर भत्सर्ना गर्दछु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close