विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड नाघ्यो, नेपालमा कति ?

पोखरा, १ माघ ।

कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड ३ लाख ३५ हजार ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ९३ हजार ४०९ संक्रमित थपिएका छन् । सोही अवधीमा १२ हजार २९५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ५४ हजार ३३६ पुगेको छ ।

नेपालमा कति ?

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६४ हजार ७८० जना पुगेको छ । जसमा दुई लाख ५८ हजार ४४१ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय १७ जना पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close