कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु

पोखरा, १९ पुस ।

कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जाज बिहान ११ः३० बजे दिएको जानकारी अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ७ की ८२ वर्षकी महिलाको मृत्यु भएको हो ।

उनको शनिबार राति ८ः४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यही पुस १३ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा यसअघि न्यूमोनिया र उच्च रक्तचापको समस्या थियो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९३ जना पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close