पोखरा-१७ की कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु

पोखरा, २८ मंसिर ।

कोरोना भाइरस संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ की ७४ वर्षीया महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ती महिलाको शनिबार राति ८ः४० बजे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । दमरोगबाट पीडित उनमा बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसंगै गण्डकी प्रदेशमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ । जसमा पोखरामा मात्रै १०३ जनाको मृत्यु भइसकेको छ । गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या एक लाख १४ हजार ३०४ जना पुगेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close