कोरोना संक्रमित : गण्डकी प्रदेशका कुन जिल्लाका कति जना ?

पोखरा, २८ मंसिर ।

कास्कीमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या अझै ८४४ जना रहेका छन् । कास्कीमा कुल संक्रमितको संख्या ५९ सय ६१ जना पुगेका छन् । जसमध्ये ४९ सय ९४ जना संक्रमित निको भएका छन् । कास्कीमा कोरोना संक्रमणबाट हालसम्म १०३ जनाको ज्यान गइसकेको छ ।

गण्डकीमा कति ?

आइतबार साँझ ५ बजेसम्मको तथ्यांक हेर्दा गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या १४ सय ८० जना रहेका छन् । गण्डकीमा १३ हजार ३५५ संक्रमित भेटिएकोमा ११ हजार ६७१ जना निको भएका छन् । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४ जना पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म एक लाख १४ हजार ६७९ जनाको कोरोना परीक्षण गरिएकोमा एक लाख एक हजार ३३४ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाको कोरोना विवरण यहाँ हेर्नुहोस् :

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close