गण्डकीमा कति पुगे कोरोना संक्रमित ? कास्कीमा सबैभन्दा बढी

पोखरा, ३ पुस ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । गण्डकीमा कोरोना संक्रमितको संख्या १३ हजार ६६५ जना पुगिसकेको छ ।

कूल ११ हजार ९१४ जना संक्रमित निको भएको गण्डकीमा सक्रिय संक्रमितको संख्या अझै १५ सय ६४ जना छन् । यो तथ्यांक बिहीबार साँझ ५ बजेसम्मको हो ।

एक लाख १५ हजार ९२ जनाको कोरोना परीक्षण गरिएकोमा १० हजार २३७ जनाको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य निर्देशनालय पोखराका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार यो प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या कूल एक हजार ६१२ मध्ये कास्कीको पोखरामा मात्र ६५६ रहेका छन् । कूल १३ हजार ५६३ सङ्क्रमितमध्ये कास्कीका मात्र छ हजार १२१ जना रहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म एक लाख १५ हजार ६०४ जनाको पिसिआर परीक्षण गरिएकामा १३ हजार ५८३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । एक लाख दुई हजार २१ जनामा नेगेटिभ देखिएको थियो भने एक हजार ६३२ जना अहिले पनि सक्रिय सङ्क्रमित छन् ।

निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म प्रदेशमा निको हुने दर ८६.६२ प्रतिशत, सक्रिय सङ्क्रमित दर १२.०२ प्रतिशत र मृत्यु हुने दर १.३७ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशमा कोभिड-१९ को नियन्त्रण र उपचारमा तोकिएका मुख्य अस्पतालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, सङ्क्रामक तथा सरुवा रोग अस्पताल, गण्डकी मेडिकल कजेल, चरक मेमोरियल, फिस्टेल अस्पताल रहेका छन् ।

अन्य अस्पतालमा फेवा सिटी, लेकसिटी, पार्कल्याण्ड, पश्चिमाञ्चल सामुदायिक, मेडिप्लस, नमस्ते, ग्यालेक्सी, मेट्रोसिटी, कास्की सेवा, गोरखा र पर्वत जिल्ला अस्पताल, धौलागिरि, मध्यविन्दुलगायतका विभिन्न १९ वटा अस्पतालमा कूल २२३ आइसियु र ६२ भेन्टिलेटर श्ययाको व्यवस्था गरिएको छ ।

पोखरामा कति ?

पोखरामा कूल संक्रमितको संख्या ६१ सय ६७ जना पुगेको छ । जसमा पाँच हजार ४० जना निको भएकोमा एक हजार २१ जना अझै उपचारको क्रममा छन् ।

मृत्यु हुनेको संख्या

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मात्र १८७ जना पुगेको छ । जसमा पोखरामा मात्रै १०६ जनाको मृत्यु भएको छ । यस्तै लमजुङमा पाँच, गोरखामा नौ, तनहुँमा २०, नवलपरासी पूर्वमा २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी स्याङ्जामा १३, पर्वतमा तीन, बाग्लुङमा आठ, म्याग्दीमा तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मनाङ र मुस्ताङमा भने सक्रिय संक्रमित रहेपछि हालसम्म कसैको पनि मृत्यु भएको छैन ।

विवरण

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close