पोखरामा क्रिस्टल संचालन, करोड लगानी

पोखरा, ३ पुस ।

पोखरामा क्रिस्टल वयर, क्रिस्टल मनोरञ्जन र क्रिस्टलको विभिन्न अचार बजारमा आएको छ । क्रिस्टल इन्टरटेनमेन्ट प्रालिले महिला तथा चलचित्र क्षेत्रलाई लक्षित गरेर क्रिस्टल वयर सञ्चालनमा ल्याएको हो ।

पोखरा महानगरपालिका वडा नं. ९ निभा गल्लीमा वयर सञ्चालन भएको हो । ‘क्रिस्टलले पोखरा विभिन्न सामान उत्पादन गर्दै पोखरा नै विक्री गर्नेछ’, ‘संचालक गोविन्द बाँस्तोलले भने, ‘आफ्नो उत्पादन आँफैले बेच्दा विचौलियाको प्रयोग हुँदैन । सामान सस्तोमा पाइन्छ ।’

विगत सात वर्ष भारतमा काम गरेको र विगत १० वर्ष अघिदेखि नेपालमा काम गरेको अनुभवको आधारमा बाँस्तोलाले व्यवसाय शुरु गरेका हुन् । विशेष गरेर ३० वर्ष उमेरसम्मका महिलालाई केन्द्रित गरेर पसल सञ्चालनमा ल्याइएको उनले बताए ।

क्रिस्टल मनोञ्जनतर्फ थ्रियटरसमेत शुरु गरेको छ । नाटक, नाच लगायत थियटरका लागि २५ हजार रुपैयाँको प्याकेज छ । थियटरका विद्यार्थीले प्याकेज भित्र दुई नाटक कलाकाको भूमिका निर्वाह गर्नेछन् । गीत पनि मोडलिङको अवसर पाउनेछन् ।

इन्टरटेनमेन्टले ‘मीठो प्रोडक्ट’ पनि सञ्चालनमा ल्याएको ‘मीठो प्रोडक्ट’ मा नेपाली परिकारलाई महत्व दिइने प्रवन्ध निर्देशक निश्चल खड्गीले बताए ।

गुन्द्रुक, खुर्सानी, करेला लगायतका सामान प्रयोग गरेर भेज र ननभेज अचारको उत्पादन गरेको खड्गीले जानकारी दिए ।
नेपालमा नै उत्पादन हुने खानालाई ‘मिठो प्रोडक्ट’ ले महत्व दिने प्रबन्ध निर्देशक खड्गीले बताए ।

एक करोड भन्दा बढी लगानीमा संचालनमा ल्याइएको क्रिस्टलमा अहिले ४० जना कामदार छन् । काठमाडौंको सफलतापछि पोखरामा क्रिस्टल संचालनमा ल्याइएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close