दारी ग्याङ पोखराको संयोजकमा अभिमन्यू पाण्डे

पोखरा, २५ पुस ।

दारी ग्याङ पोखराको ४९ औं बैठकले अभिमन्यू (विक्रम) पाण्डेलाई संयोजक र वसन्त मिश्रलाई सहसंयोजकको जिम्मेवारी तोकेको छ । धादिङ निवासी पाण्डे लामो समयदेखि पोखरामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् ।

यसअघि शेखर गौतमले दुई वर्ष र वसन्त पहारीले साढे दुई वर्ष संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

नवनियुक्त संयोजक पाण्डेले सबै सदस्य साथीहरुको सहयोग लिएर अघि बढ्ने बताए । दारी ग्याङको कार्यालय खोल्ने, युवालाई व्यापार, व्यवसायमा प्रोत्साहन गर्ने, तत्काल आपतकालिन सेवामा सदैव तत्पर रहने, समाजमा घटने नकारात्मक घटना, विसंगतिलाइ हटाउन सम्बन्धित निकायमा दबाब दिने लगायत योजना पाण्डेको छ ।

दारी ग्याङ पोखराले फेवाताल सरसफाइ, आकस्मिक र नियमित रक्तदान, निम्न वर्गीय परिवारलाई स्वास्थ्य उपचार खर्च सहयोग, विपन्न परिवारलाई सहयोग, सडक तथा अनाथ बालबालिकालाई सहयोग, विद्यालयलाई ह्वाइट बोर्ड सहयोग लगायत उदारहणीय कार्यहरु गर्दै आएको छ ।

वि.स.२०७२ फाल्गुण ६ गते खोलिएको फेसबुक ग्रुपको सञ्जाल अहिले देश भर फैलिसकेको छ । सदस्य संख्या बढेसंगै फेसबुक ग्रुपमार्फत् सामाजिक रुपान्तरणका लागि अघि बढ्ने उद्देश्य राखेको दारी ग्याङ अहिले नेपालका ३० भन्दा बढी जिल्लामा सक्रिय छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close