पोखराको लामाचौरमा बाथरुममा लडेर एक जनाको मृत्यु

पोखरा, २ पुस ।
पोखरामा बाथरुममा लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १६ लामाचौर बस्ने ओखलढुंगाका सार्कीमान मगर रहेका छन् ।
बाथरुममा लडेर घाइते भएकोमा फिस्टेल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।