सेती नदी किनारमा महिलाको शव भेटियो
पोखरा, १० पुस ।
पोखरास्थित सेती नदीको बागमारा क्षेत्रमा एक महिलाको शव भेटिएको छ । करिब ५० वर्षकी ती महिलाको परिचय खुल्न सकेको छैन ।
पोखरा महानगरपालिका वडा नं. २९ पटनेरी र वडा नं. ३३ बागमारा जोड्ने पुलमुनी उनको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
ती महिला पुलबाटै खसेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाको बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।