पोखराको ढुंगेपाटनमा तनहूँका दिपक गुरुङको शव भेटियो

पोखरा, २३ पुस ।

पोखरामा तनहूँका एक युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा नं. ३० को ढुंगेपाटनस्थित बञ्जारी चौतारा नजिकै ति युवकको शव फेला परेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार तनहुँ भानु नगरपालिका वडा नं. ३ च्यामवासका ३८ वर्षका दिपक गुरुङको शव फेला परेको हो ।

उनको मृत्यु हुनुको कारण भने खुल्न सकेको छैन । मानिस नबस्ने पुरानो घर पछाडि रहेको टिनले छाएको कटेरो भित्र उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close